Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • कांग्रेसले टुंग्यायो समानुपातिक उम्मेदवारको नाम, एक नम्बरमा अर्जुननरसिंह केसी


    सोमबार, पुष १४ २०८२
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ।

    आज बिहान बस्ने कांग्रेस केन्द्रीय कार्यसमितको बैठकले सूची अनुमोदन गरेपछि निर्वाचन आयोगमा पेस गर्ने एक नेताले जानकारी दिए।

    कांग्रेसले समानुपातिक उम्मदेवारको सूची तयार गर्ने जिम्मा सात प्रदेशबाट सात जना नेतालाई दिएको थियो।

    कोसी प्रदेशबाट ज्ञानेन्द्रबहादुर कार्की, मधेसबाट महेन्द्र यादव, बागमतीबाट प्रकाश शरण महत, गण्डकीबाट सुरेन्द्र पाण्डे, लुम्बिनीबाट बालकृष्ण खाँण, कर्णालीबाट जीवन शाही र सुदूरपश्चिमबाट एनपी साउदले समानुपातिक उम्मदेवारको सूची तयार पार्ने जिम्मेवारी पाएका थिए।

    उनीहरूले आफूले तयार गरेको सूची सभापति शेरबहादुर देउवालाई बुझाइसकेका छन्।

    सो क्रममा कांग्रेसले एक नम्बर सूचीमा नेता अर्जुननरसिंह केसीको नाम राखेको एक नेताले जानकारी दिए।

    निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची बुझाउन आजसम्मको समय दिएको छ।

    प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य छनोट हुने संवैधानिक व्यवस्था छ।

    ‍०७९ सालको निर्वाचनमा कांग्रेसबाट समानुपातिक प्रणालीबाट ३२ उम्मेदवार बिजयी भएका थिए। त्यसैगरि एमालेबाट ३४, माओवादी केन्द्रले १४, रास्वपाले ८ र राप्रपाले ७ सिट जितेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार