Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • बालेनसँगको सहमतिलाई रास्वपा समितिले गर्‍यो अनुमोदन


    सोमबार, पुष १४ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।

    रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

    बैठकले राष्ट्र हितका लागि बृहत् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार