झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा पुगेर प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गरी सहमतिमा ल्याउने बताएका छन् ।
ओलीले उनको निर्वाचन क्षेत्रममा बन्न लागेको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने क्रममा बिप्लवसँग वार्ता हुन लागेको खुलासा गरेका हुन् । शान्तिका सबालमा अलि अलि समस्या सृजना गरेको विप्लव माओवादीसँग सहमति हुने दाबी गरेका छन् ।
सरकारले २०७५ फागुन २८ देखि बिप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । नेकपामा विभाजन आएसँगै ओलीले विप्लवसँग वार्ताका लागि प्रस्ताव पठाएका थिए । र, विप्लव समूहले पनि वार्ताका लागि तषर रहेको बताएको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि ओली सरकारको औचित्य नै समाप्त भएकाले विप्लवले वार्तामा चासो देखाएको छैन । यद्यपि प्रधानमन्त्री ओली भने आफ्नो नेतृत्वको सरकार कसैले हटाउन नसक्ने भन्दै विप्लवसँग वार्ता गरी सहमतिमा ल्याउने दाबी गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले औद्योगिक पार्क शिलान्यास कार्यक्रममा भने, आफूलाई कसैले मुद्दा जिताएर प्रधानमन्त्री नबनाएको जनताले जिताएर बनाएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend