Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावी प्रचारमा एक उम्मेदवारले २ भन्दा बढी गाडी प्रयोग गर्न नपाउने


    आइतबार, पुष १३ २०८२
    650
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले चुनावी प्रचार प्रसार गर्दा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आचार संहिता, २०८२ अनुसार उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका हुन् ।

    ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सक्ने’ स्वीकृत आचार संहितामा भनिएको छ ।

    तर राजनीतिक दल, उम्मेदवार, पार्टीका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले चुनावी प्रसारमा प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने जनाएको छ ।

    त्यस्तै एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पनि नपाउने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार