Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री थापालाई सल्लाहकारपछि पीएले पनि छाडे


    आइतबार, फाल्गुन १६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङ (सुदीप) लाई हटाएका छन् । उनीमाथि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहका नेताहरुलाई सूचना चुहाएको आरोप लागेको छ । आफ्नो सचिवालयमा बसेर प्रचण्ड समूहका नेताहरुालई सूचना चुहाएको आरोपमा गृहमन्त्री थापाले उनलाई हटाएका छन् ।

    बादलले तामाङको नेतृत्वमा वाइसीएल ब्यूँताएको घोषणा गरेका थिए । बादलले ओली नेकपा निकट युवासंघमा तामाङलाई पदाधिकारी बनाउन खोजेका थिए । तर बादललाई बेवास्ता गरी युवासंघले एक्लौटी पदाधिकारी र केन्द्रीय कमिटी घोषणा गरेको छ । ओली नेकपामा बादल समूह अस्तित्व बिहीन हुँदै गएको भातृसंस्थादेखि राजनीतिक नियुक्तिमा देखिएको छ ।

    गृहमन्त्री थापा ओलीतिर लागेपछि उनका सल्लाहकार सूर्य सुवेदी पथिकले गाँस छाड्नु साथ नछाड्नु भन्दै उनलाई छाडेर प्रचण्ड–माधव समूहमा लागेका थिए । अब उनको सचिवालयमा पूर्वमाओवादीसँग जोडिएर आएका प्रेस सल्लाहकार किरण भट्टराईमात्र बाँकी छन् । गृहमन्त्री थापाका छोरा प्रतीक थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सरुवा बढुवा ठेक्कामा समेत आर्थिक लाभ लिदै बदनाम च्याप्ने गरेको आरोप लाग्ने गरेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार