Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ २ लाख ७० हजार नाघ्यो, चाँदी कतिमा हुदैछ कारोबार ?


    आइतबार, पुष १३ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलामा १३ सयले बढेको हो।

    आज छापवाल सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले बढेर ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार