Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवहेलनाको मुद्दामा सर्वोच्चमै पुगेर प्रचण्डले बुझाए लिखित जवाफ


    आइतबार, फाल्गुन १६ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा जवाफ दिएका छन् । आज  सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ दिएका छन् ।

    अध्यक्ष  दाहाल बिरुद्ध आन्दोलनका क्रममा पुस ५ गते दिएको अभिव्यक्तिबारे अदालतमा अवहेलना मुद्दा परेको थियो ।
    न्यायाधीश मनोजकुमार शर्माको इजलाशले दाहाललाई अदालतमा आफैं उपस्थित भएर अवाफ पेश गर्न आदेश गरेको थियो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले मुद्दा दर्ता गराएका थिए ।
    त्यहि मुद्दाको जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका छन् ।प्रचण्डले लिखित जवाफमा भनेका छन्, ‘निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो ।

    यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो ।’

    आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन भन्दै प्रचण्डले भनेका छन्, सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ ।प्रचण्डले भनेका छन्।

    यस्तो छ प्रचण्डको लिखित जवाफको बिस्तृत पाठ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार