Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • बंगलादेशमा हिन्दू युवाको हत्याविरुद्ध जनकपुरधाम र बीरगन्जमा प्रदर्शन


    शनिबार, पुष १२ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बंगलादेशमा हिन्दू युवाको भएको निर्मम हत्याको विरुद्धमा मधेश प्रदेशको जनकपुरधाम र वीरगन्जमा प्रदर्शन भएको छ ।

    महिला अभियानी जनकपुरधामको ब्यानर र नेतृ विभा ठाकुरको नेतृत्वमा शुक्रबार जनकपुरधाममा हिन्दू दिपु चन्द्र दासको हत्या विरुद्धमा प्रदर्शन गरिएको हो ।

    बंगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर, दिपु चन्द्र दासको हत्यारालाई फाँसी दे, जमाते इस्लाम मुर्दावाद र रोहिंग्या मुसलमान घुसपैठ बन्द ब्यानरसहित महिला अभियानीहरुले प्रदर्शन गरेका थिए ।

    यसैगरी, जमिअत उलेमा ए नेपाल बारा र पर्सा जिल्ला समितिले पनि हत्याविरुद्ध बीरगन्जमा शनिबार प्रदर्शन गरेको छ ।

    जमिअत उलेमा ए नेपालका उपाध्यक्ष मौलाना अलि असगर मदानीको नेतृत्वमा निकालिएको र्यालीमा मुस्लिम समुदायका अगुवाहरुले प्रदर्शन गरेका छन् ।

    दिपु चन्द्र दासको हत्यारालाई फाँसी दे, बंगलादेश सरकार मुर्दावाद, बंगलादेशमा हिन्दूको हत्या बन्द गर, मोहम्मद युनुस मुर्दावाद र हिन्दू मुस्लिम एकता जिन्दावादको नारा लगाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार