काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने दिशामा आफूले जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्र र मन्त्रालयको हितका लागि आवश्यक ठानेर सरकारमा सहभागी भएको स्पष्ट पारे।
परराष्ट्रमन्त्री शर्माले विभिन्न मुलुकमा कार्यरत नेपाली राजदूतहरूले गरेका कामको समीक्षा गरिने र कूटनीतिक संयन्त्रलाई अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गरे । “राजदूतहरूले आ–आफ्नो कार्यक्षेत्रमा गरेका प्रयासहरू हेरिएको होला । त्यसैको निरन्तरतासहित परिणाममुखी काम अघि बढाइनेछ,” उनले बताए ।
निर्वाचनसँग सम्बन्धित विषयमा छिमेकी मुलुकहरूसँग आवश्यक परे सही र मर्यादित ढंगले सहकार्य गरिने उनले बताए। साथै, मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक र सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
काठमाडौँ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend