Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु बैंकका सिइओ शेरचन हाजिरी जमानतमा रिहा


    शुक्रबार, पुष ११ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका छन् ।

    इजलासले मागे अनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै धरौटीमा छाड्ने निर्णय सरकारी वकिलको कार्यालय, काठमाडौँले गरेको हो ।

    सरकारी वकिलको निर्णयपछि शेरचन हिरासतमुक्त भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

    शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले १४ मंसिरमा विजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार