काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग शनिबार निर्वाचनबारे छलफल गर्ने भएकी छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले भोलि दिउँसो ४ बजे एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका असंयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी हुन् ।
सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend