Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सञ्चारमन्त्री खरेलले आज देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै


    शुक्रबार, पुष ११ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्।

    सञ्चारमन्त्रीको सचिवालयका अनुसार मन्त्री खरेलले पहिले कांग्रेस सभापति शेरबहादुर देउवा, त्यसपछि ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओली र अन्त्यमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका हुन् ।

    मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न देउवा, अ‍ोली र प्रचण्डको निवासमै पुगेर उनीहरुसँग भेटवार्ता गर्न लागेको बताइएको छ ।

    यसबीच जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन पनि गरेको सरकारले सरोकारवाला पक्षसँग निर्वाचन सम्बन्धमा समन्वय र संवादलाई पनि तीव्रता दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार