Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    शुक्रबार, पुष ११ २०८२
    495
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजनीतिक सरगर्मी निकै बढेको छ । रवि लामिछाने कारागारमुक्त हुनासाथ नयाँ शक्तिहरु एकजुट हुन दिनहुँ वार्तामा छन् ।

    नयाँ शक्तिहरु मिलेर चुनावमा जाने भएपछि पुराना पार्टीहरुमाथि दबाब परेको छ । नयाँहरुको दबाबपछि कांग्रेसभित्र पनि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरी चुनावमा जानुपर्ने पक्षमा माहौल बन्दै गएको छ ।

    यसैक्रममामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा धारणा राख्न बाँकी कार्यसम्पादन समिति सदस्यहरूले बोल्नेछन् ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा। प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए ।

    बिहीबार कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा यसपटक चुनाव नलड्ने घोषणा गरेका थिए भने महामन्त्री थापाले पनि चुनावअगाडि नेतृत्व परिवर्तन नभए आफू चुनाव नै नलड्ने घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार