Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा


    बिहिबार, पुष १० २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् ।

    बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

    १४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’

    कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए । अगाडि भनेका छन्, ‘साथीहरू धेरैले पनि महमामन्त्रीमै गर्नुस् भन्नुभएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार