Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन भेट्न ज्वागल पुगे रास्वपा नेता खनाल


    बिहिबार, पुष १० २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पुगेका छन् ।

    मेयर साहलाई भेट्न नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् ।

    नेपाली काँग्रेसका नेता सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने लगायतले आजै मेयर साहसँग छलफल गरिसकेका छन् । मेयर साहलाई भेटेर उनीहरू निस्किएपछि रास्वपा नेता खनाल वार्ताका लागि ज्वागल पुगेका हुन् ।

    मेयर साहले जेन जेड अगुवा रक्षा बम लगायतका अन्य जेन जेड अगुवा, कलाकार, निवर्तमान सांसदहरूसँग पनि छलफल गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार