काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले अघि सारेको १३ बुँदे माग सम्बोधन भए सडक संघर्षमा जाने चेतावनी दिएका छन्।
नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकलाई सम्बोधन गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन्।
उनले सर्वपक्षीय सरकारको मागबाट आफूहरू पछि नहट्ने भन्दै उनले भने, ‘हामी १० दिन कुर्नेछौँ, यदि बेवास्ता गरियो भने जनता र जेन जेडको समर्थनमा आन्दोलन सुरु गर्नेछौँ।’
नयाँ संविधान जारी भए पनि जनताका अधिकारहरू अझै अपूर्ण रहेको बताएका छन्। उनले थपे, ‘हामी समाजवादी संघीयता को पक्षमा छौँ र सबै नागरिकले राज्यमा स्वामित्व महसुस गर्ने गरी राज्य संरचना पुनस्संरचना हुनुपर्छ।’
उनले भ्रष्टाचारको छानबिन गरेर सम्पत्तिको राष्ट्रियकरण गरेर दोषीलाई जन्मकैदसम्मको फैसला गर्नुपर्ने माग आफूहरूले अघि सारेको बताए। हिजो राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको थियो ।
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend