Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • केपी ओलीले जनताको विश्वासमाथि कुठाराघात गरेः प्रवक्ता श्रेष्ठ


    शनिबार, फाल्गुन १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको नेपाल कम्युनिस्ट पार्टीभित्र रहेका नाममात्रका कम्युनिष्टलाई हटाउनुपर्ने प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री केपी ओलीतिर संकेत गर्दै ‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नेपाली जनताको भावनामाथि खेलवाड गरेको आरोप लगाए । उनले भने, ‘ओलीका विरुद्ध मात्रै गरिएको आन्दोलन होइन, यो कम्युनिष्टभित्र रहेका नाममात्रको कम्युनिष्टहरुविरुद्धको आन्दोलन हो ।’

    मंगलबार महोत्तरीको बर्दिबासमा आधारशीलाको १८ औं बार्सिकोत्सव कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले अहिले पार्टीमात्र ओली एक जना मात्र नामको कम्युनिस्ट देखापरेको भए पनि त्यो प्रबृत्ति रहिरहे भोलि अर्को ओली जन्मिने खतरा पनि उत्तिकै रहेकाले त्यस्ता नाम मात्रका कम्युनिस्टहरुलाई हटाउन जरुरी रहेको बताए । पार्टीलाई बिधि र सिद्धान्तमा अघि बढाउनुपर्ने कुरामा जोड दिंदै नेकपाले अब भ्रष्टिकरणका बिरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

    नेपाली जनताले दुई तिहाई बहुमतले सत्तामा पुराएर नेपालि जनताको हित गर्ने अपेक्षा लिएकोमा ओलीले संविधानमाथि नै आक्रमण गरी जन चाहाना बिपरीत संसद विघटन गरेको आरोप लगाएका छन् ।

    यसैगरी  नेकपा (मसाल) का महामन्त्री वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह आधारशीला परिवारबाट सम्मानित भएका छन् ।

    2.jpg

    महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३, गौरीडाँडामा रहेको १५ परिवार सम्मिलित आधारशीला परिवारले आफ्नो १८ औं स्थापना दिवसका अवसरमा फागुन ११ गते मोहनविक्रम सिंहसहित बयोवृद्ध कम्युनिस्ट नेता कृष्णराज बर्मालाई पनि सम्मान गरेको हो । परिवारको प्राङ्गणमा बृहत् सम्मान समारोह आयोजना गरिएको थियो ।

    आधारशीला परिवारले कम्युनिस्ट नेताहरू विष्णुबहादुर मानन्धर र कमल कोइरालालाई सम्मान गर्ने कार्यक्रम राखिएको भए पनि बिरामी भएकाले उहाँहरू उपस्थित हुन नसकेको जानकारी दिइएको थियो ।

    सम्मान कार्यक्रममा बोल्दै मोहनविक्रम सिंहले विश्वमा लगातार समाजवाद स्थापनाको धेरै प्रयत्न भएको बताए  । कम्युनिस्ट आन्दोलनमा निरन्तरता धेरै जटिल बन्ने गरेको उल्लेख गर्दै निरन्तरताले नै आन्दोलन अगाडि बढाउन सकिने उनको भनाइ थियो ।

    उनले नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको पतन, विचलन, पलायन र अवसरवादको इतिहासको कुनै कमी नभएको चर्चा गरेका थिए । सिंहले अबको कम्युनिस्ट आन्दोलन नयाँ पिंढीमा निर्भर रहेको बताए ।

    सिंहले कम्युनिस्ट आन्दोलनमा सामाजिक जीवन र व्यक्तिगत जीवनको अन्तर पहिल्याउन नसक्नु, व्यक्तिगत स्वार्थ हावी हुँदै जानु कम्युनिस्ट आन्दोलनको समस्या भएको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार