Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली सुध्रिनु र बालुवा पेलेर तेल निस्किनु उस्तै : अध्यक्ष नेपाल


    शनिबार, फाल्गुन १५ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तै–उस्तै भएको बताएका छन् ।

    नेकपा प्रचण्ड  नेपाल समूहले नेतृत्व गरिरहेको नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अझै पनि केपी ओलीलाई सुधार्छु भन्दै लागिरहेको बताए । कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको स्मरण गर्दै अहिले फेरि ओलीलाई सुधार्न गौतमले नै कोशिस गरिरहेको तर आफूले ‘बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस्’ भनेको बताए ।

    अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए । अहिले प्रतिनिधि सभा पुनःस्थापना भए पनि पुरै लडाई जित्न बाँकी रहेको समेत अध्यक्ष नेपालले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार