Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस


    बुधबार, पुष ९ २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएका छन् ।

    राप्रपाका सम्बन्धित क्षेत्रीय कमिटीहरूले उनलाई सिफारिस सुचीमा समावेश गरेका हुन् ।

    जुम्ला जिल्लाबाट प्रत्यक्षतर्फ शाहीको नाम एकल सिफारिस भएको छ । शाहीले यसअघि पनि जुम्लाबाट अत्यधिक मतले जितेका थिए ।

    जुम्लाका कार्यवाहक अध्यक्ष देवीकृष्ण न्यौपानेले राप्रपाको सचिवालयलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गरेका छन् । उनले समानुपातिकतर्फ १४ जनाको नाम पठाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार