काठमाडौं । कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा गरेका छन् ।
उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गरी संयुक्त रूपमा चुनावमा सहभागी हुने निर्णय सार्वजनिक गरिएको हो ।
२०८२ फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर केही समयदेखि दुवै पक्षबीच निरन्तर छलफल भइरहेको थियो ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष ई। अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई। दीपक कुमार साह नेतृत्वमा राजनीतिक, वैचारिक तथा चुनावी सहकार्यलाई संस्थागत रूपमा सुदृढ गर्ने सहमति भएको हो ।
घोषणामा पछिल्ला वर्षहरूमा सुशासन, समृद्धि, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति जनआकांक्षा बढ्दै गएको उल्लेख गरिएको छ भने जेनजी आन्दोलनको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यसहित एकीकृत मोर्चाबाट जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सम्झौताअनुसार दुवै पार्टीले उज्यालो नेपाल पार्टीको दर्ता र संगठन संरचनामार्फत ‘बलेको चिम’ चिन्हबाट संयुक्त उम्मेदवारी दिने, उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीका आधारमा टुंग्याउने, प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालनसहित संयुक्त चुनावी घोषणापत्र तयार गर्नेछन् ।
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend