Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    बुधबार, पुष ९ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

    बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पनि बोलाइएको छ ।

    बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।काँग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरफेरको तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार