Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाकै २ लाख ६७ हजार नाघ्यो


    मंगलबार, पुष ८ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन एकैदिन तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदी प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार