काठमाडौँ। एघारौँ महाधिवेशनको सन्देश प्रवाह गर्न एमालेले आज सबै प्रदेश र देशका ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।
मंगलबार दिउँसो २ बजे हुने बैठकलाई महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यलयबाट सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए।
भर्चुअल माध्यमद्वारा पार्टीको ठूलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न भर्चुअल बैठक गर्न लागिएको हो।
अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइएको छ।
‘११ औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो,’ अधिकारीले भने, ‘महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रष्ट पार्नुहुनेछ।’
एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टीपंक्तीमा निर्देशन दिन बैठक गर्न लागेको हो।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend