काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज (पुस ८ गते) देखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज मंगलबार र भोलि बुधबार २ दिन तालिम दिन लागिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी ‘फर्मुलाुबारे प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा नयाँ-पुराना, साना-ठूला दलका तालिममा सहभागी हुनेछन्।
‘जनगणनाअनुसार समानुपातिकको समावेशी समूहतर्फ हुनसक्ने परिवर्तनबारे दलहरूलाइ ओरिएन्टेसन प्रदान गर्न लागिएको हो। समानुपातिकमा निवेदन दिएका सबै १९३ वटा दलका प्रतिनिधि सहभागी हुँदैछन्’, प्रवक्ता भट्टराईले आज बिहान नेपालखबरसँग भने, ‘यसमा आजका लागि दुईतिहाइ काम सक्ने भन्ने हाम्रो तयारी छ। भोलि पनि ओरन्टिएसन हुनेछ।’
समानुपातिक निर्वाचन प्रणालीमा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार समावेशी प्रतिशत फाइनल गरेपछि निर्वाचन आयोगले दलका नेताहरूलाई तालिम दिन लागेको हो।
विगतका निर्वाचनहरूमा दलहरूले बुझाएको सूचीमा समावेशी मापदण्ड नपुग्दा आयोगले पटकपटक सच्याउन निर्देशन दिनुपरेको थियो। यसले निर्वाचन प्रक्रियामा ढिलाइ भएको मात्र होइन विवाद समेत बढाएको थियो।
आयोग प्रवक्ता भट्टराईका अनुसार निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ।
दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।
आयोगको यो निर्णयसँगै दलहरूलाई आफ्ना उम्मेदवारको नयाँ समूह मिलाउनु पर्नेछ
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend