Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • महासचिव शंकर पोखरेललाई लिएर देउवा भेट्न महाराजगञ्ज पुगे ओली


    सोमबार, पुष ७ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

    एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्।

    महासचिव शंकर पोखरेललाई साथै लिएर उनी आज महाराजगञ्ज पुगेका हुन् । भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा पनि छिन् ।

    अध्यक्ष ओली र सभापति देउवाबीच यसअघि मंसिर १९ गते पनि भेटवार्ता भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार