Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • विप्लव माओवादीसँग वार्ताको प्रस्ताव अलपत्र, नेता धमाधम पक्राउ पर्दै


    शनिबार, फाल्गुन १५ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । केपी ओली नेतृत्वको सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको नेकपासँग वार्ता गर्ने प्रस्ताव प्रतिनिधिसभा पुनस्र्थापनासँगै अलपत्र परेको छ । वार्ताको प्रस्ताव गरेको सरकारले सर्वोच्च अदालतको आदेशले रिहा भएका विप्लव माओवादीका नेता धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गर्यो ।

    बाँस्तोलालाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै सरकारले मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई शुक्रबार म्याग्दीबाट पक्राउ गरेको छ ।

    म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ ।

    प्रहरी नायब उपरीक्षक श्याम राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताएका छन् ।

    प्रतिनिधिसभा पुनस्र्थापनासँगै ओली सरकार बिदा हुने अनुमानका साथ विप्लव माओवादीसँगको वार्ता अन्योलमा परेको हो । नयाँ विकसित राजनीतिक घटनाक्रमपछि विप्लव नेतृत्वको नेकपा यो सरकार रहन्छ कि रहँदैन भनेर पर्ख र हेरको अवस्थामा छ । ओलीले प्रतिनिधिसभा पुनस्र्थापनापछि नैतिक रुपमा राजीनामा नदिई संवैधानिक संकट सृजना गरी सत्तामा टिकिरहने दाउपेचमा लागेका छन् । तर ओलीका लागि यो दाउपेच सहज भने छैन ।

    संसद् पुनस्स्थापनापछि ओली सरकारको बहिर्गमन हुने निष्कर्षका साथ विप्लब समूह वार्ताको कुरा गर्न छाडेको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार