Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ‘भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ’: गगन थापा


    सोमबार, पुष ७ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।

    सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुस्खद् कालो दिनको संज्ञा दिएका हुन्।

    ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठुलो कुरा हो। पोल्टिकल मोरालिटी अझ ठुलो कुरा हो। म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन। ठुलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ। म भए लिन्थेँ। जो छ उसले लिनुपर्छ। त्यति बेलाको प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार