Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीसहित दलका प्रतिनिधि र सुरक्षा निकायसँग छलफल गर्दै निर्वाचन आयोग


    सोमबार, पुष ७ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्न लागेको हो ।

    छलफलका लागि दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

    छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकायका प्रतिनिधिहरुलाई पनि बोलाइएको उनले जानकारी दिए । छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार