Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेश प्रदेश सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित


    आइतबार, पुष ६ २०८२
    825
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी जसपा नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज सम्पन्न प्रदेशसभा बैठकमा सातदलीय गठबन्धनबाट उम्मेदवार रहेका यादवले ९६ सांसद उपस्थितमध्ये ७२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । विपक्षमा २४ मत परेको थियो।

    उपसभामुख बबिता राउत इशरले यादवको निर्वाचित घोषणा गरिन् । यादवलाई सभामुखमा चयन गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए । प्रारम्भमै यादवको सभामुखमा निर्वाचित गरिनुपर्ने प्रस्ताव बहुमतले पारित भएको थियो भने नेकपा एमालेका प्रतिस्पर्धी त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि बढाइएन ।

    सभामुखमा निर्वाचित रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नं २ ख बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् र जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।

    यसअघि नेकपा एमालेका रामचन्द्र मण्डल सातदलीय गठबन्धनको असहमति कारण गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त भएका थिए । त्यसपछि सभामुखको पद रिक्त थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार