Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्’: रवि लामिछाने


    आइतबार, पुष ६ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् ।

    ‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’

    उनले भत्किएको सिंहदरवार बनाएर मात्रै नभई बदल्नुपर्ने अवस्था आएको पनि बताए ।

    ‘सिंहदरवार बनाएर मात्रै हुँदैन । सिंहदरवार बदल्नु छ । भत्किएका संरचना बनाउने मात्रै होइन बदल्ने पनि छ । जेन जेडले गरेको योगदानलाई पूरा गर्नका लागि लाग्नुपर्नेछ,’ लामिछानेले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार