Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, रविले सम्बोधन गर्ने


    आइतबार, पुष ६ २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सभापति रबि लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

    शुक्रबार रिहा भएका रास्वपा सभापति लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् । केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

    बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए । केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

    शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए ।

    सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए । शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने जानकारीसमेत गराएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार