Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी कर्मचारीलाई प्रधानमन्त्रीको प्रस्ताव: हप्तामा एक दिन परम्परागत पोसाक लगाउने कि ?


    आइतबार, पुष ६ २०८२
    575
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । सरकारी कार्यालयहरूमा हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोसाक लगाउँदा उचित हुने धारणा उनको छ ।

    तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सीर्दै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन । तर, हामी नेपालीहरूसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयहरूमा हप्तामा एक वा दुई दिन यस्तो पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि?’

    परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृति अनुरूपका परम्परागत वेशभूषामा उपस्थित थिए । उक्त वेशभूषाको प्रधानमन्त्री कार्कीले प्रशंसा गरेकी थिइन् ।

    संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने धारणा पनि उनले राखिन् ।

    परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको छ । परिषद्का महासचिव राजु गुरुङले निम्तो पत्र वाचन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार