Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बामदेवको सक्रियता बढ्दै , प्रचण्डपछि ओलीसँग भेटवार्ता


    शुक्रबार, फाल्गुन १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। बामदेब  गौतमले आज प्रधानमन्त्री केपी ओलीसँग  भेटवार्ता गरेका छन् ।संसद् बिघटन पछि नेकपा एकता अभियानमा रहेका बामदेव गौतमले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै सक्रियता बढाएका छन् । 

     गौतमले  आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीसँग छलफल गरेका हुन् ।आज दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरेका छन् ।

    गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
    नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान शुरु गरेकको बताएका छन् ।

    गौतमले अब नेकपामा एक हुने बताएका छन् ।नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताउँदै आएका गौतमले बिहीबार  प्रचण्डसँगको भेटमा  प्रधानमन्त्री ओलीको सम्मानजनक विदार्इ र नेकपाबाटै नयाँ प्रधानमन्त्री चयन गरिनु पर्ने प्रस्ताव राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार