काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेस–एमालेले देशमाथि गरेको धेरै अन्याय गरेको बताएका छन् ।
उच्च अदालत तुलसीपुरको आदेशपछि आज कारागारमुक्त भएका लामिछानेले समर्थकहरुलाई सम्बोधन गर्दै भने–देशमाथि यिनीहरुले धेरै अन्याय गरेका छन् । ममाथि गरेको अन्याय त केही होइन । देश र ममाथि गरेको अन्यायको हिसाब गर्नु छ । न्याय पाउन बाँकी नै छ । केही समय धैर्य गर्नुहोला । धेरै कुरा भन्न बाँकी छ । धेरै बोल्ने दिन आउँदैछ ।’
यसैबीच, रवि पार्टीको मूल नेतृत्वमा फर्किने भएका छन् ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् ।
सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धुनामुक्त गर्ने आदेश दिएसँगै लामिछाने शुक्रबार रिहा हुँदैछन् ।
हाल नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जाँदैछन् । रुपन्देही जिल्ला अदालतबाट कागजी प्रक्रिया मिलाएपछि रिहा भएसँगै लामिछाने पार्टीको मूल जिम्मेवारीमा तत्काल फर्किने छन् ।
अर्यालले विज्ञप्ति जारी गर्दै भनेका छन्( ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौँ ।’
त्यस्तै उच्च अदालतको निर्णयलाई रास्वपाले स्वागत गरेको समेत उनले बताएका छन् । रवि कारागारमा हुँदा देशभरबाट सहयोग र सद्भाव राख्नेहरुप्रति रास्वपाले आभार व्यक्त गरेको छ ।
त्यतिमात्र नभइ तत्कालीन सरकारले रविमाथि प्रतिशोध साँधेको र वर्तमान अन्तरिम सरकारले न्यायिक पुनरावलोकनमार्फत् रविलाई न्याय दिने विश्वास समेत व्यक्त गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend