Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमालेमा बादललाई दोस्रो वरियता


    शुक्रबार, पुष ४ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचिन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरियतामा राखिएको छ ।

    एमालेको एघारौँ महाधिवेशनपछि आज शुक्रवार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा बादल दोस्रो वरियतामा देखिएका हुन् । कार्की ब्यांकेटमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरियतामा राखिएको छ ।

    अध्यक्षको ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् । त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

    दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ बरीयतामा थिए। दोस्रोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरल, तेस्रोमा उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार