काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जेलबाट छुटे लगत्तै चितवन जाने भएका छन् । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने आज रुपन्देही जाँदै छन् । रुपन्देही पुगेर उनी जिल्ला अदालतमा उपस्थित हुनेछन् ।
अदालतको आदेशअनुसार धरौटी राख्ने रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले उनी आजै छुट्ने रास्वपा नेताहरुले बताएका छन् । जेलबाट छुटेपछि सिधैं चितवन जाने कार्यक्रम रहेको लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार शनिबार चितवनको चौबिसकोटीमा कार्यक्रम राखिएको छ । लामिछानेले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्ने न्यौपानेले बताए । लामिछाने त्यसपछि मात्रै काठमाडौँ फर्किनेछन् । समय भएमा शनिबार र नत्र आइतबार मात्रै काठमाडौँ फर्किने न्यौपानेको भनाइ छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त गर्न उच्च अदालतमा निवेदन दिएका थिए । त्यसमा सुनुवाइ गर्दै उच्च अदालतको बुटवल इजलासले लामिछानेको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएर रिहा गर्न आदेश दिएको हो ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend