काठमाडौँ। नेकपा (एमाले)का नेता विष्णु रिमालले ११औँ राष्ट्रिय महाधिवेशनमा भएको नेतृत्व चयनको परिणामलाई लोकतान्त्रिक अभ्यासको एक हिस्सा भएको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको टीममा उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनी दुवै पदमा निर्वाचित हुन नसकेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
रिमालले ११औँ महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सफल भएको बताएका छन । आफू पराजित भए पनि पार्टीभित्रको प्रतिस्पर्धालाई उनले ’स्वाभाविक र स्वस्थ अभ्यास’ को संज्ञा दिएका छन् ।
साथै जनताको बहुदलीय जनवाद (जबज) को व्याख्या गर्दै नेता रिमालले प्रतिस्पर्धाबाट श्रेष्ठता स्थापित गर्नु नै पार्टीको मूल भावना भएको उल्लेख गरेका छन् ।
पार्टीभित्र आफ्नो औपचारिक पद वा भूमिका परिवर्तन भए पनि पार्टी बनाउने साझा संकल्प र कमरेड्ली भावनामा कुनै परिवर्तन नआउने उनको भनाइ छ ।
आफूलाई सद्भाव राख्ने शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि एउटै लक्ष्यका साथ पार्टी काममा सक्रिय रहने स्पष्ट पारेका छन् ।
ओलीले प्रस्ताव गरेको प्यानलमा रिमाल र एक उपाध्यक्ष बाहेक सबै निर्वाचित भएका थिए । रिमालको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा पराजयपछिको ‘धैर्यता र उच्च राजनीतिक संस्कार’ का रूपमा हेरिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend