Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा


    शुक्रबार, पुष ४ २०८२
    540
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। एमाले नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।

    ५० वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् ।

    ‘म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ,’ उनले लेखेका छन्, ‘मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।’

    आफूले इमान, निष्ठा र समर्पणकासाथ काम गरेको जिकिर गर्दै उनले लेखेका छन्, ‘तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरेँ, म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पुरा गर्ने मेरो कार्यशैली रह्यो ।’

    सपना असल कम्युनिष्ट बन्ने भए पनि सबै मानकहरु पुरा गर्न नसकेको उनले बताएका छन् । अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने जानकारी गराउँदै उनले आफूले यो निर्णय खुसीका साथ लिएको बताएका छन् ।

    उनले लामो राजनीतिक जीवनमा भएका भुलचुकप्रति क्षमा पनि मागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार