Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी


    बिहिबार, पुष ३ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । केहि बेरअघि सम्पन्न मतपरिणाम अनुसार उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् भने उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् ।

    मंसिर २७ देखि काठमाडौंमा सुरु भएको ११औं महाधिवेशनमा केपी ओली र पोखरेल पक्ष छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । जसमा अधिकांश ओली प्यानलका नेता पदाधिकारीमा निर्वाचित हुँदा पोखरेल समूहका दुई जना निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार