काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा राजीनामा नदिई अनेक दाउपेच खेलिरहेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएपछि ओलीले नैतिकताको आधारमा राजीनामा नदिई षडयन्त्रमा तल्लीन छन् । उनी आफ्नो पक्षमा रहेका सांसदलाई दाहाल–नेपाल समूहमा जान नदिनका लागि भ्रमका पुलिन्दा बाँडिरहेका छन् । आफ्नो सरकार झन् बलियो भएको भन्दै साइबर हमला गर्न पनि लगाइरहेका छन् ।
ओलीले केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकतातिर ३० प्रतिशत भए पनि दल विभाजन हुने अध्यादेश ल्याउने गृहकार्य फैसला भएकै दिन मंगलबार गरेका थिए । तर उनको किचेनका बिष्णु रिमालहरुले प्रतिनिधिसभामा अविश्वास प्रस्तावमा मतदान नभएसम्म राजीनामा नदिन उक्साएका छन् । रिमालहरुले अविश्वास प्रस्तावमा विपक्षमा मतदान गर्नासाथ दाहाल–नेपाल समूहले पार्टी विभाजन गरेको ठहर्छ र ओली समूहले सूर्य चिह्न र आधिकारिकता पाउँछ भन्ने कुतर्क गरी राजीनामा नदिई ओलीलाई अनैतिकताको मार्गमा हिंडाएका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नै प्रतिनिधिसभामा विपक्षमा मतदान गर्नेहरुले पार्टी फुटाएको ठहर्छ, प्रधानमन्त्रीको पार्टीले चिह्न पाउँछ भनेर आश्वासन दिएको कुरा समेत ओली समूहका साइबर सेनाले फिंजाउन थालेका छन् । सभामुखले छुट्टै संसदीय दल बनाएपछि आफ्नो पार्टी आधिकारिक हुने भ्रममा ओली र उनको समूह छ । यद्यपि उक्त समूहमा रहेका प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङहरुले भने राजीनामा दिनुपर्ने कुरा राखेका थिए । तर सत्ता उन्मादमा रमाएका ओली कुनै हालतमा राजीनामा नदिने निष्कर्षमा पुगेका छन् । उनी अहिले पनि कसरी संवैधानिक संकट सृजना गर्नेतिर केन्द्रित छन् ।
कांग्रेस सभापति देउवासँग ओलीको सत्ता यात्रा सहज छैन । किनकि कांग्रेसभित्र देउवाकै निकट नेताहरु ओलीसँग कुनै हालतमा नमिल्ने पक्षमा देखिएपछि ओलीको यो दाउ असफल भएको छ । अब ओलीले यस्तै बखेडा सृजना गरिरहे उनको समूहकै सांसदको ठूलो संख्या दाहाल–नेपाल समुहतिर जानेछन् । त्यसकारण ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर निकास दिने नै हो । नदिए उनीमात्र होइन, राष्ट्रपति विद्या भण्डारीको पद पनि संकटमा पर्ने संकेत देखिएको छ ।
आफूले गरेको प्रतिनिधिसभा बिघटनलाई न्यायालयले बदर गर्नासाथ राजीनामा दिएको भए ओलीप्रति किन्चित सहानभूति राख्ने अवस्था आउँथ्यो । तर उनी अदालतले प्रतिनिधिसभा बिघटनलाई बदर गरिसकेपछि कुर्सीमा टाँस्सिएर बसेका छन् । र, अरुलाई पदलोलुप भन्दै दोषारोपण गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend