Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक महिना समय थप गर्न जेनजी आन्दोलन जाँचबुझ आयोगको आग्रह


    बुधबार, पुष २ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भदौ २३ र २४ गतेको जेन जेड विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एक महिनाको म्याद थप्न आग्रह गरेको छ ।

    प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको छ ।

    गत मंसिर २५ गते जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको थियो ।

    मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार