Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एमालेको मतदानस्थलबाट एक जना पक्राउ


    बुधबार, पुष २ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेका छन् ।

    उनले प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् ।

    सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एमालेको जारी ११औं महाधिवेशनमा आगामी नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

    ओली र पोखरेल आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट मागिरहेका छन् । यही क्रममा सावद मतदान केन्द्र परिसरबाट पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार