Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमाले महाधिवेशन: राति १० बजेसम्म मतदान सकिने आकलन, आजै नतिजा आउने


    बुधबार, पुष २ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ।

    ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्।

    मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको मतदाताले बताएका छन्।

    यसैबीच एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा। कुन्साङ लामाले आज राति १० बजेसम्म मतदान सम्पन्न हुने आकलन गरिएको जानकारी दिए।

    एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ।

    निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने बताइएको छ । एमाले नेता राजेन्द्र गौतमले मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताएका हुन् ।

    जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार