Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • भोटिङ मेसिन हुँदा पनि ढिला भयो मतदान, ओली र पोखरेलले लगाए ४० मिनेट


    बुधबार, पुष २ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा अहिले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ।

    एमालेले मतदानका लागि आधुनिक प्रविधि अपनाए पनि मतदाताहरूले भने मतदानमा धेरै समय लागिरेहको गुनासो गरेका छन्।

    जान्नेलाई २५ देखि ३० मिनेट र नाम लिस्ट हेर्नुपर्ने व्यक्तिलाई ५० मिनेटसम्म लाग्ने महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए।

    एमालेको आगामी नेतृत्वका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लगाएका थिए ।

    एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात ओली र पोखरेलले गरेका थिए । ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    शीर्ष नेताहरुले मतदान सुरु गरेपछि अन्य प्रतिनिधिहरुले मतदान गर्नेक्रम जारी छ । उनीहरु भोट खसाल्न लामबद्ध भएर पालो कुरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार