Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, पुष १ २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ ।

    विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । उक्त आरोपपत्र रुजु हुने क्रममा रहेको सूचना अधिकारी रेग्मीले जनाएको छ।

    उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको एक सातामै त्यही विमानस्थलका प्रमुख रहेका व्यक्तिमाथि अर्को मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार