बुटवल । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनलाई सदर गर्ला र चुनावबाट बहुमत आउला भन्ने आशामा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनस्र्थापना भएपछि असमन्जसमा परेका छन् । अब उनी केपी ओलीसँग मिलेर प्रधानमन्त्री हुने र एमसीसी पारित गराउने खेलमा छन् ।
यो कुराको रहस्य नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले खोलेका छन् । उनले आज बुटवलमा एक कार्यक्रममा नेकपा ओली समूह र कांग्रेसको सरकार बन्ने दाबी गरेका छन् ।
बुटवलमा पत्रकारसँग कुरा गर्दै पुराना नेता सिंहले एमसीसीबारे एजेण्डा मिल्ने भएकाले नयाँ सरकार ओली समूह र कांग्रेसले बनाउने दाबी गरेका हुन् । उनले भनेका छन्– ‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ ।’
नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेमा समेत जोड दिएका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने उनले अनुमान गरेका छन् ।
नेता सिंहले ओली र देउवाको चाहना अनुसार एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा बन्ने भएकाले यो दुर्घटनाबाट देशलाई रोक्न समिकरण बन्न दिनु नहुने उल्लेख गरे ।
सर्वोच्चको फैसलापछि पनि मुलुक अस्थिर बन्ने आशंका भने उनले गरेका छन्। सिंहले भने, ‘ओलीको अध्यारो यात्रामा अंकुश लागे पनि अब नयाँनयाँ जटिलताहरू थपिँदै जानेछन्’।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend