Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • प्रलोपाको केन्द्रीय समितिको पहिलो बैठक जारी, डा.भट्टराईबाट सदस्यहरूले लिए शपथ


    मंगलबार, पुष १ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक सुरु भएको छ । काठमाडौँको नयाँबजारस्थित एक पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समितिको प्रथम बैठक सुरु भएको हो ।

    बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने बताइएको छ । पार्टी गठनपछिको प्रलोपाको पहिलो बैठक बसेको हो । बैठक भोलिसम्म जारी रहनेछ ।

    बैठकको सुरुआतमा पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईले सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन्।

    भट्टराईको अभिभावकत्वमा गठित यो पार्टीमा जनार्दन शर्मा, सन्तोष परियार, राम कार्की, सुदन किराँतीलगायत नेताहरू सहभागी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार