काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण नखुलाएका छैनन् । तर आगामी माघ ११ गते हुने राष्ट्रियसभाको सदस्यको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको स्रोत बताउँछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने बचन दिएपछि उनले राजीनामा दिएको बताइन्छ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमालेबीच गठबन्धन गर्ने सहमति लगभग भइसकेको छ । ६० प्रतिशत कांग्रेस र ४० प्रतिशत एमालेले लिनेगरी कांग्रेस–एमालेले सहमति गरिसकेका छन् ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट पराजित भएका थापा त्यसपछि एकाध महिना मात्र बेरोजगार बसी राष्ट्रपतिको सल्लाहकार भएका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएलगत्तै उनी तलव र राज्यमन्त्रीसरहको सेवा सुबिधा पाउनेगरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भए ।
जनताको विश्वास जित्न असफल भएका थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको सल्लाहकारमा पठाए । कांग्रेसमा कुनै योगदान नभएका र नवप्रवेशी थापालाई राष्ट्रपतिको सल्लाहकारमा नियुक्ति गरेकोमा पार्टीभित्र चर्को बिरोध भएको थियो ।
जनताबाट अस्वीकृत ब्यक्तिलाई संसदबाट निर्वाचित राष्ट्रपतिले नियुक्ति दिएर जनमतको अपमान गरेको आरोपसमेत लागेको थियो ।
राष्ट्रपतिको सल्लाहकार भएपछि पार्टी गतिबिधिमा निस्क्रिय हुनुपर्ने भए पनि थापा भने झन सक्रिय भएर लाग्दैआएका छन । पदीय मर्यादा बिर्सेर धनकुटामा सामान्य धारा बत्ती, सडकको उद्घाटन उनले बेलाबखत गर्नाले विवादमा पर्दैआएका छन् ।
धनकुटेलीहरुसँग घुलमिल हुन नसकेका उनको ल्याकतले आगामी प्रतिनिधिसभाको निर्वाचन जित्न नसकिने देखेपछि थापा अर्कै बाटोबाट सांसद हुने दाउमा लागेका छन् ।
जेनजी आन्दोलनपछि सुदन गुरुङसँगको शंकास्पद भेटले सुनिलबहादुर थापा विवादमा तानिएका थिए ।
उनी नागरिक सरकारमा मन्त्री हुनका लागि गुरुङसँग भेट्न पुगेको अर्थ पनि कतिपयले लगाएका थिए । तर धनकुटाकै प्रधानमन्त्री भएकाले आफू राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट उनलाई समेत विश्वासमा लिई मनोनीत हुने कोसिस गरिरहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend