Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र गौतमले लिए उपमहासचिवबाट उम्मेदवारी फिर्ता 


    मंगलबार, पुष १ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

    उनले सामाजिक संञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।

    उनले भनेका छन्, ‘पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु । धन्यवाद ।

    गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार