Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा र जसपाका नेताहरूबीच पेरिसडाँडा छलफल


    बिहिबार, फाल्गुन १३ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्बोच्चले प्रतिनिधि सभा पनर्स्थापना गर्ने आज बिहान वामदेव गौतमसँगको भेटवार्तापछि प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रीय कार्यालय (पेरिसडाँडा)  मा नेकपाका दुवै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत नेतासँग छलफल गरेका हुन् ।

    नेकपाका एक नेताका अनुसार दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका नेता राजेन्द्र महतोले प्रचण्ड र नेपाललाई सर्वप्रथम आफूहरूको पार्टी कुन हो भनेर प्रश्न गरेको जानकारी दिए ।

    प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार